शुक्रबार, भाद्र २६ गते २०८३
images

लिभरपुल र ब्रेन्टफर्डले बराबरी खेल्दै अंक बाँडे

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 453
    SHARES
  • लिभरपुल र ब्रेन्टफर्डले बराबरी खेल्दै अंक बाँडे

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबमा लिभरपुल र ब्रेन्टफर्डले बराबरी खेल्दै अकं बाँडेका छन् । शनिबार राति बेन्टफर्डको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका हुन् । 

    images

    पाहुना टोली लिभरपुलका लागि डिएगो जोटा, मोहम्मद सालाह र कर्टिस जोन्सले १/१ गोल गर्दा बेन्टफर्डका इथान पिननक, भिटाली जेनेल्ट र योआने विसाले समान १/१ गोल गरे । 

    खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । उसका लागि खेलको २७औं मिनेटमा पिननकले गोल गर्दै बेन्टफर्डलाई अग्रता दिलाए । 

    images

    जोटाले ३१औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफभरि १–१ गोलको बराबरी खेल्यो । ५४औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यस गोलसँगै सालाह लिभरपुलको इतिहासमा सबैभन्दा छिटो एक सय गोल गर्ने खेलाडी बने । 

    ६३औं मिनेटमा जेनेल्टले गोल गरेपछि बेन्टफर्ड बराबरीमा फर्किएको थियो । त्यसको चार मिनेटपछि जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने ८२औं मिनेटमा विसाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । 

    उक्त बराबरीसँगै शीर्ष स्थानको लिभरपुलले ६ खेलमा १४ अकं जोडेको छ । बेन्टफर्ड भने ९ अंकका साथ ९औं स्थानमा रहेको छ ।