असोज १० काठमाडौं । टियु क्रिकेट मैदानमा जारी चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गरेको छ ।
आइतबार टियु मैदानमा भएको पहिलो खेलमा सोमपाल कामीको कप्तानीमा रहेको चितवने करण केसीको कप्तानीमा रहेको विराटनगरलाई २ विकेटले पराजित गरेको हो । जितको लागि १५२ रनको लक्ष्य पाएको चितवले निधारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे । यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट हुँदा इशान पाण्डे १० रनमा आउट भए ।
कप्तान सोमपाल कामी ९ रन, सेकुगे प्रसन्न ३ रन तथा कमल सिंह ऐरी र हमद शाहजाद १ रनमा पेभेलियन फर्किए ।
विराटनगरका सिकन्दर राजा र करण केसीले २/२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १/१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।


