बिहीबार , कार्तिक २० गते २०८३
images
images

भारतमा रहेका नेपालीले अब सजिलै भारतिय सिमकार्ड पाउने

एक्सप्रेस पाना
फाल्गुण ८, २०८० मंगलबार
  • 253
    SHARES
  • भारतमा रहेका नेपालीले अब सजिलै भारतिय सिमकार्ड पाउने

    काठमाडौं ।  भारतमा रहेका नेपालीहरुले अब सजिलै भारतिय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजीक सञ्जाल एक्स मार्फत अब नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताएका हुन । 

    images

     ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो’ शर्माले एक्समा लेखेका छन्, ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ ।’

    नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन् । यसअघि नेपालीहरूले भारतीय नागरिकको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

    images

  • सम्बन्धित विषय:

  • # डा. शंकरप्रसाद शर्मा