असोज १० मेलम्ची । “स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ थाङ्पालककोटको आयोजनामा २०७८ को विजय दशमी तथा शुभ दिपावलीको अवसरमा असोज २३ गते देखि २५ गतेसम्म रैथाने र वडा नं. ४ को कार्यलयको खेल मैदानमा प्रतियोगिता हुने भएको हो । त्यस्तै यस प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दाश्रो र तेश्रो हुनेले क्रमशः नगद रु २० हजार र १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
बेष्ट अफ थ्रि नकआउटको आधारमा खेलाईने खेलमा ए र बी पोल छुट्याएर नेपाल ब्याटमिन्टन संघको नियम अनुसार खेलाईने छ । प्रतियोगितामा सहभागि हुन ईच्छुकहरुले असोज २० गते साँझ ५ बजेसम्म अवेदन दर्ता गरिसक्नुपर्ने छ भने आवेदन शुल्क रु.२५०० लाग्ने छ । साथै प्रतियोगितामा सहभागि खेलाडीहरुको परिचय पत्र र सम्बन्धित कार्यलयको सिफारिस पत्र सहित पासपोर्ट साईजको १ प्रति फोटो अनिवार्य गरिएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समिति र ब्यटमिन्टन संघसँगको सहकार्यमा ब्याटमिन्टन खेलको विकास र ब्याटमिन्टन खेलाडि उत्पादनमा सहयोग पु¥याउने उदेश्यले प्रतियोगिता गर्न लागिएको खेलका संयोजक बाबुलाल तामाङले बताए ।



