असोज १० काठमाडौं । आसन्र साफ च्याम्पियनसिपको लागि भारतले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
माल्दिभ्समा राजधानी मालेमा आयोजना हुने साफ च्याम्पियनसिपको लागि भारतीय प्रशिक्षक इगोर इस्टिमेकले सुनिल क्षेत्रीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । भारतले १९ असोजबाट बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
भारतीय २३ सदस्यीय टोली
गोलकिपर : स्गुरप्रीत सिंह, अमरिन्दर सिंह, विशाल कैठ
डिफेन्डर : प्रीतम कोटल, सेरिटन फर्नान्डेज, चिङलेनसाना सिंह, राहुल भेके, सुभासिस बोस, मान्दर रावो देशाइ
मिडफिल्डर : उदन्त सिंह, ब्रान्डोन फर्नान्डेज, लालेङ्गमाविया, अनिरुद्ध थापा, साहल अब्दुल समाद, जेक्सन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कालाको, यासिर मोहम्मद
फर्वाड : सुनिल क्षेत्री, मनवीर सिंह, रहिम अली, फारुख चौधरी


