शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिलए : भैरहवा र पोखराले अंक बाँडे

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 255
    SHARES
  • इपिलए : भैरहवा र पोखराले अंक बाँडे

    असोज १० काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिलए) को दोस्रो दिनको तेस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले वर्षाको कारण बाँडेका छन् । वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका हुन् ।

    images

    बर्षा अघिको खेलमा १० ओभरको समाप्तीमा पोखराले ७ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको अबस्था बर्षको कारण खेल केहि समयको लागि स्थगित भएको थियो तर लगातार बर्षा भएपछि दुबै टोलीले १/१ अंक बाँडेका हुन् ।

    टस जितेर ब्याटिङ रोजेको पोखरा भैरहवाका तीब्र गतिका बलर दुर्गेश गुप्ताको कसिलो बलिङमा निरीह बनेको थियो । तीन ओभर बलिङ गरेका दुर्गेशले एक मेडन ओभरसहित १६ रन खर्चिएर तीन विकेट लिएका थिए ।

    images

    यस्तै धमिका प्रसाद, अविनाश बोहरा र तुलबहादुर थापाले एक-एक विकेट लिएका थिए ।  पोखराका एसेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे । यस्तै विवेक यादवले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । पोखराका रिचार्ड लेभी, कप्तान विनोद भण्डारी, लोकेश बम र केसरिक विलियम्स डक आउट भएका थिए । 

    शनिबारबाट सुरु भएको इपिएल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभन विजयी भएको थियो । काठमाडौंले सहरी प्रतिद्वन्द्वी ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गरेको थियो । 

    यस्तै आज भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गर्याे । 

    प्रतियोगिताको तेस्रो दिन तथा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा काठमाडौं र विराटनगर तथा दोस्रो खेलमा चितवन र भैरहवा भिड्ने छन् ।