बिहीबार , कार्तिक २० गते २०८३
images
images

आंशिकदेखि साधारणतया बदली,केहि स्थानमा हल्का वर्षा,र हिमपातको सम्भावना

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 290
    SHARES
  • आंशिकदेखि साधारणतया बदली,केहि स्थानमा हल्का वर्षा,र हिमपातको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको कारण देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। 

    images

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


    आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसहित देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images

     

    आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। 

    आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक९दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। 


    देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

  • सम्बन्धित विषय:

  • # मौसम पुर्वानुमान