आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै

एक्सप्रेस पाना
फाल्गुण १६, २०८० बुधबार
  • 280
    SHARES
  • त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै

    काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुदै छ ।

    images

    मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ । 

    नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

    images

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२०