बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने

एक्सप्रेस पाना
फाल्गुण १६, २०८० बुधबार
  • 196
    SHARES
  • आज आंशिक बदलीदेखि मुख्यतया  मौसम सफा रहने

    काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    images


    बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति पनि पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहने र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

    images

    पहाडी भू-भागको मौसम आंशिक बदली र उच्च भूभागमा हिमपातको सम्भावना रहे पनि आज पानी पर्ने सम्भावना भने कतै नरहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।


     आगमी दुई दिनको मौसम पूर्वानुमान

    २०८० फागुन १७ गते  (बिहीबार)

    दिउँसोस् कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।

    रातिस् सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

    २०८० फागुन १८ गते  (शुक्रबार)

    दिउँसोस् सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    रातिस् सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

  • सम्बन्धित विषय:

  • # मौसम पुर्वानुमान