आइतबार, भाद्र २८ गते २०८३
images

नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित

एक्सप्रेस पाना
फाल्गुण १६, २०८० बुधबार
  • 247
    SHARES
  • नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित

    काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाल २ रनले पराजित भएको छ। 

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सक्यो। 

    नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन  जोडेको थियो। यो ओभरमा दीपेन्द्रसिंह ऐरीले  र करण केसीले एक-एक छक्का समेत प्रहार गरे। 

    images

    सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भयो। मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो। अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२०