शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 847
    SHARES
  • नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित

    असोज ११ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ ।  आइतबार राति कतारको दोहामा भएको खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।

    images

    पहिलो हाफमा २-१ गोल अन्तरले अग्रता बनाएको बलियो टोली ओमानले दोस्रो हाफमा अग्रता बढाएको थियो ।

    ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले २ गोल गरे । फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले १/१ गोल गरे ।

    images

    नेपालका लागि आयुस घलान र अनन्त तामाङले १/१ गोल फर्काए । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए । नेपाली टिम आज माल्दिभ्स प्रस्थान गर्दैछ ।