आइतबार, भाद्र २८ गते २०८३
images

नामिबियालाई २४८ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण १७, २०८० बिहीबार
  • 228
    SHARES
  • नामिबियालाई २४८ रनको लक्ष्य

    काठमाडौं । नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

    images

    कीर्तिपुस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको हो । 

    नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक १३५ रन बनाएका थिए । लेभिटले ६२ बलमा १३५ रन बनाएका थिए । दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका लेभिटले शतक बनाएका हुन् । उनले पहिलो खेलमा नेपालविरुद्ध ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । नेदरल्याण्डसले टियु क्रिकेट मैदानमा टी-२० खेलमा बनाएको यो अहिलेसम्मकै धेरै रन हो । नेदरल्याण्डसले यसअघि २०२१ मा नेपालले आफुविरुद्ध बनाएको २३८ रनको किर्तिमान तोडेको हो ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२०