शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल क्रिकेटमा आज दुई खेल

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 632
    SHARES
  • इपिएल क्रिकेटमा आज दुई खेल

    असोज ११ काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो दिन आज सोमबार दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा  काठमाडौं किङ्स इलेभेन र विराटनगर वारिवर्स भिड्ने छन् । दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन् ।

    images

    काठमाडौं र विराटनगरबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ । 

    काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो। 

    images

    इपिएलमा मुख्य आकर्षक बनेका साहिद अफ्रिदीको आज अन्तिम खेल हुनेछ । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न आएका थिए । 

    आजकाे दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।  भैरहवा र चितवनबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । सोमपालको कप्तानीमा रहेको चितवन दोस्रो जितको खोजिमा हुनेछ ।  यसअघि आइतबार वर्षाले प्रभावित  खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।