बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपालमा पश्चिमी वायूको प्रभावले गर्दा छिटफुटदेखि हल्का बर्षाको सम्भावना

एक्सप्रेस पाना
फाल्गुण १९, २०८० शनिबार
  • 217
    SHARES
  • नेपालमा पश्चिमी वायूको प्रभावले गर्दा छिटफुटदेखि हल्का बर्षाको सम्भावना

     काठमाडौं ।  नेपालमा हाल पश्चिमी वायूको प्रभाव रहेको छ।

    images


    आज  बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।  


    आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदलीकै अवस्था रहनेछ। 

    images

    बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना छ।


    त्यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा आज दिउँसो हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    आज राति पनि देशभरको मौसम साधारणतया बदलीकै अवस्थामा रहने छ। 

    राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना छ भने बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ। 

    त्यस्तै कोशी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०८० फागुन २० गते  (आईतबार)

    दिउँसोः देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    रातिः देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८० फागुन २१ गते  (सोमबार)

    दिउँसोः देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # मौसम पूर्वानुमान महाशाखा