शुक्रबार, भाद्र २६ गते २०८३
images

एनभिए भलिबल : हेल्प नेपाल र पुलिससहित ६ खेल हुँदै

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 214
    SHARES
  • एनभिए भलिबल : हेल्प नेपाल र पुलिससहित ६ खेल हुँदै

    असोज ११ काठमाडौं । एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फका ६ खेलहरू हुँदैछन् । सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुरुषतर्फका ६ खेल हुने भएका छन् । महिलातर्फको खेल भने भोलि (मंगलबार) बाट मात्रै सुरु हुनेछ ।

    images

     पहिलो खेलमा बिहान ८ बजेदेखि साविक लिग विजेता हेल्प नेपाल र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । दोस्रो खेलमा १० बजे गल्कोट स्पोर्ट्स क्लबले प्रदेश नम्बर २ को सामना गर्नेछ । तेस्रो खेलमा दावाली मिलन क्लबले १२ बजे गण्डकी प्रदेशसँग आमनेसामने हुनेछ । 

    चौंथो खेलमा विभागीय नेपाल पुलिस क्लबले दिउसो २ बजे मणिमुकुन्द भलिबल क्लबको चुनौती सामना गर्नेछ । पाँचौं खेलमा नयाँ बजार सामाजिक युवा क्लबले ४ बजे कर्णाली प्रदेशको सामना गर्नेछ ।

    images

    आजको अन्तिम तथा छैटौं खेलमा बूढानीलकण्ठ भलिबल क्लबले साझ ६ बजे ढोरपाटन स्पोर्ट्स क्लबसँग पलिलो अंकको लागि  खेल्नेछ । नेपाल भलिबल संघ (एनभिए)ले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोली गरी २० क्लबको सहभागिता रहेको छ । 

    च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् । दुवै विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रो हुने टिमले १ लाख प्राप्त गर्नेछ ।