बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 268
    SHARES
  • सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

    काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति भएको छ ।

    images

    कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा सहमति भएको हो ।

    वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी स्रघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।

    images

    उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी स्रघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो ।

    वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो । दूधको भुक्तानी रोकिएको भन्दै संघले यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेको थियो । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # केन्द्रीय दुग्ध सहकारी