शुक्रबार, भाद्र २६ गते २०८३
images

लेभान्तेमाथि बार्सिलोनाको सहज जित

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 562
    SHARES
  • लेभान्तेमाथि बार्सिलोनाको सहज जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

    images

    घरेलु टोली बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १/१ गोल गरे । डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औं मिनेटमा दोस्रो गोल गरे । डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए । फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे । 

    उक्त जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेभान्ते चार अंकका साथ १७औं स्थानमा छ । 

    images