आइतबार, भाद्र २८ गते २०८३
images

आजैबाट कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ : प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 232
    SHARES
  • आजैबाट कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् ।

    images

    सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले यस्तो  बताएका हुन् । 

    उनले भने, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”

    images

    तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो । 

    कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र)ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल