एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्टसले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले पाहुना टोली साम्पडोरियामाथि ३२ गोलको जित निकालेको हो ।
घरेलु टोली युभेन्टसको जितमा पाउलो डिबाला, लियोनार्दो बोनुची र मान्युएल लोकाटेलीले १/१ गोल गरेका थिए । त्यस्तै साम्पडोरियाका लागि माया योशिदा र एन्टोनियो कानड्रेभाले १/१ गोल गरे ।
यस सिजनको सिरी ए मा युभेन्टसको यो दोस्रो जित हो । उक्त जितसँगै कुल ६ खेल खेल्दै युभेन्टसले २ जित, २ बराबरी र २ हार बेहोर्दै ८ अंकसहित लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यस्तै साम्पडोरियाको ६ खेलमा ५ अंक रहेको छ ।


