बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशैभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, केहि स्थानमा हल्का हिमपातको सम्भावना

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 263
    SHARES
  • देशैभर पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव, केहि स्थानमा हल्का हिमपातको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

    दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । तर देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

    शुक्र र शनिबारको पूर्वानुमान

    शुक्रबार भने दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ  भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
    देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

  • सम्बन्धित विषय:

  • # जल तथा मौसम विज्ञान विभाग