शुक्रबार, भाद्र २६ गते २०८३
images

भैरहवा र चितवनबिचको खेल पनि स्थगित

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 533
    SHARES
  • भैरहवा र चितवनबिचको खेल पनि स्थगित

    असोज ११ काठमाडौं । टियु मैदानमा जारी चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो दिनको दोस्रो खेलसमेत बर्षाले प्रभावित भएको छ । 

    images

    टियु मैदानमा हुने तय भएको भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेलमा बर्षा (पानी) भएपछि टस समेत हुन सकेको छैन । निर्धारित समय अनुसार खेलको टस १:३० बजे हुनुपर्ने हो । तर आज पनि वर्षा भएपछि खेल हुने सम्भावना न्यून रहेको छ । अहिले पिचलाई ढाकिएको छ । 

    यसअघि आजको पहिलो खेलअन्तर्गत काठमाडौं किङ्स इलेभन र विराटनगर वारियर्सबीचको खेलसमेत हुन सकेन । हिजो (आइतबार) दोस्रो खेलको १० ओभर जारी रहँदा ठूलो वर्षा भई खेल सुचारु हुन सकेको थिएन । 

    images

    हिजोको वर्षाको कारण मैदान ओसिलो भएपछि विहानी खेलसमेत टस नभइ रद्द भएको थियो । 

    खेल पुनः खेलाइने वा नखेलाइने भन्ने टुंगो लागेको छैन ।