बिहीबार , कार्तिक २० गते २०८३
images
images

नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत डिन थम्प्सन बिच भेटवार्ता

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 228
    SHARES
  • नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठ र  राजदूत डिन थम्प्सन बिच भेटवार्ता

    काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् ।

    images

     आइतबार मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।  भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।

    सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे । साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।

    images