काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्त तथा जोगीहरूलाई आज बिदाइ गरिएको छ ।
आइतबार ६ हजारभन्दा बढी साधुसन्तको एकैचोटि बिदाइ गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आएका वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।
भारतलगायत विभिन्न देशबाट महाशिवरात्रिका लागि आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।
.jpg)


