बिहीबार , कार्तिक २० गते २०८३
images
images

चैत १ गते देखी ४ गतेसम्म काठमाडौंमा २५ औं फ्लोरा एक्स्पो हुने

एक्सप्रेस पाना
फाल्गुण २८, २०८० सोमबार
  • 294
    SHARES
  • चैत १ गते देखी  ४ गतेसम्म  काठमाडौंमा २५ औं फ्लोरा एक्स्पो हुने

    काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले २५ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । 

    images

    सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले चैत १ गते ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २५ औं फ्लोरा एक्स्पो हुने जानकारी दिएको हो । 

    स्वच्छ वातावरण तथा आर्थिक सम्मृद्धिको लागि पुष्प व्यवसाय भन्ने नारासहित हुन लागेको आयोजकले बताएको छ।

    images

    संयोजक सीताराम पन्तले पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नविनतम प्रविधीबारे प्रचारप्रसार गर्न सघाउ पु¥याउने मुख्य उद्देश्य रहेको बताए। उनले पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, अध्ययन अध्यापनका साथै अनुसन्धान गर्नेहरुलाई मेला वृहत साझा मञ्च हुने विश्वास लिएको बताए।

    उनले मेलामा ६० स्टल, ल्याण्डस्केपिङ स्टल ३ अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ र १ वटा फूड स्टलसहित ७३ वटा स्टल रहने बताए। उनले मेलाको अवधिभर ५० हजार मानिसहरुले अवलोकन गर्ने अपेक्षा राखेको बताए।

    आर्थिक वर्ष २०७९÷०८० मा नेपालमा ३ अर्ब ७ करोड भन्दा बढी कारोबार भएको थियो। त्यस्तै,आर्थिक वर्ष २०७८÷७९को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा करिव ३३.६३ प्रतिशत वार्षिक कारोबारमा वृद्धि भएको एशोसिएशनले बताएको छ।

    आर्थिक वर्ष २०७९÷०८० मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात ६८.१८ लाख र आयात ३३.०६४ करोड बराबरको कारोबार भएको बताएको छ।

  • सम्बन्धित विषय:

  • # फ्लोरिकल्चर एशोसिएशन नेपाल