आइतबार, भाद्र २८ गते २०८३
images

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ,धोकाको आरोप त बरु केपी ओलीले लगाउन मिल्छ ।

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 319
    SHARES
  • कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ,धोकाको आरोप त बरु केपी ओलीले लगाउन मिल्छ ।

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसत्ता साझेदार नेपाली कांग्रेसले आफूलाई धोकाको आरोप लगाउन नमिल्ने बताएका छन् । 

    images

    विश्वासको मत लिनुअघि बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई जवाफ दिएका हुन्। 

    उनले आफूले लगाएका सबै गुन बिर्सिएर कांग्रेसले धोकेबाजको आरोप लगाउनु गलत भएको बताए।

    images

    धोकाको आरोप अहिलेका सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाउन मिल्ने पनि उनले बताए। 

    प्रधानमन्त्री प्रचण्डले भने,‘यति छिट्टै सबै गुन बिर्सिएर धोका भन्ने के हो धोका भनेको’,‘धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउने दल त त्यसको नेतृत्व गर्नुभएको माननीय केपी ओलीजीले लगाउन मिल्छ। कांग्रेसका साथीहरूले मिल्दैन।’



  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल