आइतबार, भाद्र २८ गते २०८३
images

किसानको समस्या सरकारले सुन्नै सकेको छैन : सोविता गौतम

एक्सप्रेस पाना
चैत्र १, २०८० बिहीबार
  • 281
    SHARES
  • किसानको समस्या सरकारले सुन्नै सकेको छैन : सोविता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले किसानको समस्या समाधानका लागि सरकार संवेदनशील नभएको बताएकी छन् । 

    images

    बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले अहिले किसानहरू भुक्तानी नपाएर रुँदै बस्नुपरेको बताएकी हुन् । 

    उनले भनिन्, ‘कृषिप्रदान भनेर परिचित देशमा किसानको समस्या सरकारले सुन्नै सकेको छैन। बिउबिजनमा त्यतिकै समस्या छ, बल्लबल्ल बिउबिजन पाए मलको समस्या छ,’ । ‘मल बल्ल बल्ल पाए सिचाईंको समस्या छ। बल्लबल्ल बाली उम्रिए रोग आउँछन्। रोग निदानको समस्या छ। यसबाट पनि पार लागे बजारको समस्या छ। किसान जसरी पनि पीडामा छन्।’

    images


    दुध, मह, मासुजन्य पदार्थ लगायत क्षेत्रका किसानहरूको पनि समस्या उस्तै रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। 

  • सम्बन्धित विषय:

  • # सोविता गौतम