काठमाडौं । निर्वाचन आयोगले आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने जनाएको छ ।
अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौति देखिएको सचिव पुष्करले जानकारी गराएका थिए ।
मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रवन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ ।
‘निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
.jpg)


