काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको पैसा नडुब्ने गरी लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्।
आइतबार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीे पुनले लगानी कोषले दीर्घकालीन महत्त्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् ।
देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बेला आफ्नो संस्था, समाज, देशको समस्या आफैंले समाधान गर्नुपर्ने बताए ।
अर्थमन्त्रीे पुनले भने,'अहिले आर्थिक रूपले शिथिलता छ । यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरूमा लगानी गर्नुस् । दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरू, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस् । यसमा योगदान कर्ताहरूको पैसा नडुबोस्, विज्ञ साथीहरूले हेर्नुस् । त्यो हाम्रो जिम्मेवारी हो'।
मन्त्री पुनले विगतमा भएका कामको आलोचना गर्नेभन्दा भएका कमजोरीहरूलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपनमा जोड दिए।
उनले भने,'आजको चुनौतीलाई समातेर हल गर्नेतिर गएन भने पुरानाको आलोचना गरेर हुँदैन । कोषका साथीहरूले आफैँ जबाफदेही भएर काम गर्नुपर्छ । हामीभित्र केही कमी भए समीक्षा गरौँ । कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानीनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ । परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन । पूर्ववर्ती अर्थमन्त्रीहरूका राम्रा काम नीतिहरूलाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘म दिन्छु, प्रतिबद्धता छ' ।
.jpg)


