बिहीबार , कार्तिक २० गते २०८३
images
images

वसन्तपुरमा ‘चिर’ ठड्याएर फागुपूर्णिको प्रारम्भ

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 304
    SHARES
  • वसन्तपुरमा ‘चिर’ ठड्याएर फागुपूर्णिको प्रारम्भ

    काठमाडौं । वसन्तपुरमा आज होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा (होली)को विधिवत् रुपमा प्रारम्भ गरिएको छ ।

    images

    परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ ।

    स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताए । यसै दिनदेखि काठमाडौँवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ । 

    images

    तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् ।

    “चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ”, उनी भन्छन्, “यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।”  होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।