शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : वर्षाका कारण रोकिएका दुबै खेल फेरि खेलाइने

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 326
    SHARES
  • इपिएल : वर्षाका कारण रोकिएका दुबै खेल फेरि खेलाइने

    असोज १२ काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो दिन वर्षाका कारण रद्द भएका दुबै खेल पुनः खेलाइने भएको छ । आयोजकले दुबै टोली र प्राविधिक टोलीसँग वार्ता गर्दै दुबै खेल पुनः खेलाउने निर्णय लिएको हो । 

    images

    यसअघि सोमबार तय भएको काठमाडौं किङ्स इलेभन र विराटनगर वारियर्स तथा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएकाे थियाे । काठमाडौं र विराटनगरबीचकाे खेल टस नै नभई रद्द भएको थियो भने चितवन र भैरहवाबीचकाे खेल टस समयमा वर्षा भएपछि रद्द गरिएको थियो ।

    नयाँ खेल तालिका अनुसार आयोजकले दिवा खेलमा भएको दुई दिनलाई मिलाएर बिहानी दुई खेल थप गरेको हो । अब काठमाडौं र विराटनगरबीचको खेल शुक्रबार बिहान साढे नौ बजे हुनेछ भने चितवन र भैरहवाबीचको खेल शनिबार साेही समयमा हुनेछ ।

    images

    इपिएलको चौथो दिन मंगलबार काठमाडौं र पोखरा राइजोन भिड्दैछन् । खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ ।