बिहीबार , कार्तिक २० गते २०८३
images
images

कस्तो रहला आजको मौसंम ?

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 221
    SHARES
  • कस्तो रहला आजको मौसंम ?

    काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    images

    सोमबार बिहान मधेश र कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका सबैजसो पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images

    राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था हरने छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले  सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।