बिहीबार , कार्तिक २० गते २०८३
images
images

मिटरब्याज पीडितका गुनासा तत्काल सुनुवाइका लागि डेस्क स्थापना गर्न गृहमन्त्रालयको निर्देशन

एक्सप्रेस पाना
चैत्र ६, २०८० मंगलबार
  • 240
    SHARES
  • मिटरब्याज पीडितका गुनासा तत्काल  सुनुवाइका लागि डेस्क स्थापना गर्न गृहमन्त्रालयको निर्देशन

    काठमाडौं । मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

    images

    मन्त्रालयले विज्ञप्ति जारी गदैं अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने डेस्क स्थापना गरी डेस्कमा खटिने कर्मचारीको विवरण र फोन नम्बरसहित कार्यालयको वेबसाइटमा राख्न भनिएको छ ।

    मन्त्रालयले मिटरब्याज सम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्न गृह मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी जिएमलाई सम्पर्क व्यक्ति तोकिएको बताएको छ ।

    images

    गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच गत फागुन २८ गते ४ बुँदे सहमति भएको थियो ।

    940x380-CCI03182024.jpg