काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा राखेर समाजसेवा गर्न नसकिने बताएकि छिन् ।
मंगलबार विश्व सामाजिक सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताउकी हुन् । उपसभामुख रानामगरले भनिन्,
"मैले सामाजिक सेवामा लागेको ३४ वर्ष भयो, आफैँ बाँच्न गाह्रो हुने समयमा ट्युसन पढाएर बन्दीको सेवा गरेर सामाजिक सेवामा लागेको हुँ, सामाजिक सेवा भनेको राजनीति पनि हो, कर्तव्य पनि हो", ।
उपसभामुख रानामगरले हरेक धर्ममा सामाजिक सेवाभाव र अनुशासनको मार्गनिर्देशन हुने गरेकाले त्यो कडा अनुशासनलाई पालना गरेर सामाजिक भावमा लाग्नुपर्ने बताइन् । उनले भनिन् "कृष्णप्रसाद भट्टराई, सिके प्रसाइँ, निर्मल लामाले आफ्ना लागि कहिल्यै सोच्नु भएन, हामीहरु पनि निःस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न सक्नुपर्छ", ।
.jpg)


