बिहीबार , कार्तिक २० गते २०८३
images
images

सांसदहरूले दिएका सुझावहरूलाई कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन

एक्सप्रेस पाना
चैत्र ७, २०८० बुधबार
  • 239
    SHARES
  • सांसदहरूले दिएका सुझावहरूलाई कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्षको निर्देशन

    काठमाडौं । सांसदहरूले दिएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्देशन दिएका छन् ।

    images

    बुधवार बसेको राष्ट्रिय सभा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष दाहालले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिए ।

    उनले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि यस्तो निर्देशन दिएका थिए । 

    images

    उनले भने " प्रतिवेदनका सम्बन्धमा मान्य सदस्यहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा माननीय मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।"