काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज बिहीबार पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा, हिमपात हुने तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको छ ।
बिहान पनि कोसी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली छ। कोसी , मधेस र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली र वर्षा भइरहेको हो।आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
यस क्रममा कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार दिउँसो मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत आउने सम्भावना देखिएको छ।
राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस क्रममा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।
.jpg)


