बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय योजना आयोगको सदस्यमा चार नियुक्त

एक्सप्रेस पाना
चैत्र ८, २०८० बिहीबार
  • 209
    SHARES
  • राष्ट्रिय योजना आयोगको सदस्यमा चार नियुक्त

    काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा चार नियुक्ति गरेको छ । 

    images

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।