बिहीबार , कार्तिक २० गते २०८३
images
images

मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना

एक्सप्रेस पाना
चैत्र ९, २०८० शुक्रबार
  • 234
    SHARES
  • मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना

    काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । 

    images

    दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि सम्भावना छ। 

    यस्तै राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस क्रममा कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

    images

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।