बिहीबार , कार्तिक २० गते २०८३
images
images

महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित हुन्छन्: मन्त्री गिरी

एक्सप्रेस पाना
चैत्र ९, २०८० शुक्रबार
  • 196
    SHARES
  • महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित हुन्छन्: मन्त्री  गिरी

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताएका छन् ।

    images

    शुक्रबारदेखी सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पदम गिरीले यस्तो बताएका हुन् । उनले न्याय सम्पादनमा आएका कमीहरू पुनः सच्याइएको उदाहरण रहेको भन्दै न्याय सम्पादन सधैँ सही नहुने बताए ।

    उनले भने "न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले कहीँ त्यसमा कमीहरू आउन सक्छन् । त्यसलाई सच्याइएको पनि हामीलाई थाहा छ । तर तुलनात्मक रूपले हेर्ने हो भने महिला श्रीमानहरूले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित, साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने  त्यो ल्याकत राखेको विगतबाट देख्न सक्छौँ,’ । ‘यो हामी सबैको गौरवको विषय हो । नयाँ संविधान जारी गरेका छौँ । सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको कुराहरू हामीले गरेका छौँ ।"

    images

    मन्त्री गिरीले अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए ।

     "अहिले पनि न्यायको क्षेत्रमा हामीले जसरी न्यायाधीशहरूको नेतृत्व प्रदान गर्नुपर्ने हो त्यसमा अझै धेरै कमजोरीहरू रहेका छन् । यो यथार्थ हो । आजको दिनमा पनि १०.५ प्रतिशत मात्रै भनेर आँकडा मैले सुनेँ । यो अत्यन्त कम हो । यसो भन्दैमा हामीले यसको कलेजमा कानून पढ्ने विद्यार्थीदेखि नै महिलालाई यो क्षेत्रमा आकर्षित गर्न सकिएन भने सर्वोच्च अदालतमा एकैपटक धेरै न्यायाधीश हामीले खोजेर पाउँदैनौँ । तर पछिल्लो समयमा एउटा खुसीको कुरा के छ भने कलेजहरूमा पनि उल्लेख्य मात्रामा महिला कानूनका विद्यार्थी पाउँछौँ,"उनले भने ।

    उनले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।