बिहीबार , कार्तिक २० गते २०८३
images
images

महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिन सक्छन् : पूर्व प्रधानन्यायाधीश कार्की

एक्सप्रेस पाना
चैत्र ९, २०८० शुक्रबार
  • 263
    SHARES
  • महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिन सक्छन् : पूर्व प्रधानन्यायाधीश  कार्की

    काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताएकी छन् । 

    images

    शुक्रबारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन् । 

    पूर्व प्रधानन्यायाधीश कार्कीले अहिले महिला न्यायाधीश आउनका लागि आशालाग्दो वातावरण रहेको बताइन । उनले सम्मेलन नेपालमा महिला न्यायाधीशहरुको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गदै न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् ।

    images

    उनले भनिन्, ‘महिला न्यायाधीश आउनका लागि अहिले आशालाग्दो वातावरण छ । दुई अढाई वर्ष कति छ, हाम्रो आउने महिला प्रधानन्यायाधीशको । मेरा दिदि बहिनीहरुले अथवा हाम्रा न्यायाधीशज्युहरुका चेलीबेटी, आमाबैनी कोको हुनुहुन्छ, उनीहरुले आफ्नो दोहोरो भुमिका राम्रोसँग निभाएर काम गर्न सक्दछन्’ उनले भनिन्, ‘राम्रै डिसिजन दिनसक्छन् । राम्रै काम गर्न सक्दछन् । किनभने मैले गरेको छु । मैले त्यो संघर्ष गरेको छु । कति पीडा हुन्छ, त्यो मैले भोगेको छु । एउटा पुरुषले दुःख पाएको छ भने महिलालाई पनि दण्ड सजाय महिलाले गरेका छन् । यो सम्मेलन शुरुवात हो । संविधानसम्मत काम हुनुपर्छ ।’

    आजबाट शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ ।