काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महारा रिहा भएका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाजिरी जमानीमा छोडेको हो ।
विद्युतीय चुरोटको आवरणमा सुन तस्करी गरेको आरोपमा नेता महरा चैत ५ गते पक्राउ परेका थिए । उनलाई रुपन्देहीमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।
सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको थियो ।
.jpg)


