बिहीबार , कार्तिक २० गते २०८३
images
images

अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु ,२ जना घाइते

एक्सप्रेस पाना
चैत्र १२, २०८० सोमबार
  • 220
    SHARES
  • अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु ,२ जना घाइते

    काठमाडौ । अछामको मेल्लेख गाउँपालिका- ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको छ।

    images

    सोमबार बिहान भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ।

    मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डको सुयडी नजिकै दुर्घटनामा भएको हो ।   

    मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेमा मेल्लेख गाउँपालिका( ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्।

    images

    दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी र नाम नखुलेका अर्का एक बालक घाइते भएका छन्। घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ।