बिहीबार , कार्तिक २० गते २०८३
images
images

भेटिइन् धनगढीका मेयर गोपाल हमालकी छोरी

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 225
    SHARES
  • भेटिइन् धनगढीका मेयर गोपाल हमालकी छोरी

    काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती फेला परेकी छन् ।

    images

    सोमबारदेखि सम्पर्कविहीन भएकी उनी बुधबार सकुशल फेला परेकी मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । 

    उनले सबैको सहयोगमा छोरी फेला परेको बताएका छन् । 

    images

    उनले सामाजीक सञ्जालमा लेखेका छन्,"सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने  सहयोगी नेपाली  दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता  व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती,  कान्छी छोरी आर्जु र ज्वाइँ  संगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।"

    ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएकी थिइन् । साथीबाट सम्पर्कविहीन भएको जानकारी पाएको मेयर हमालले खोजी गरिदिन सार्वजनिक आग्रह गरेका थिए ।

    today.PNG