शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : काठमाडौं र पोखराको खेल पनि स्थगित

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 579
    SHARES
  • इपिएल : काठमाडौं र पोखराको खेल पनि स्थगित

    असोज १२ काठमाडौं । टियु मैदानमा जारी चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग इपिएल अन्तर्गत आज (मंगलबार)का लागि तय भएको काठमाडौं किंग्स-११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको छ । 

    images

    १२:१५ बजेका लागि तय भएको खेल केहि समय ढिला सुरु हुने बताइएको थियो । तर, मैदान भिजेको कारण टस पनि हुन सकेको थिएन । त्यसपछि सामान्य वर्षा भएपछि खेल नहुने पक्का भएको हो । यो स्थगित भएको चौथौ खेल हो । यसअघि सोमबार दुवै खेल स्थगित भएका थिए ।

    सोमबारको पहिलो खेलमा काठमाडौं र विराटनगरबीचको मैदान भिजेको कारण स्थगित भएको थियो । भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल पनि वर्षाको कारण स्थगित भएको थियो ।

    images

    आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण स्थगित हुँदा दुवै टोलीले अंक बाँडेका थिए । सोमबार स्थगित भएका दुवै खेल नयाँ मितिमा हुने आयोजकले बताएको छ ।