शुक्रबार, भाद्र २६ गते २०८३
images

महान्यायधिवक्ता खातीको शपथ शितलनिवासमा नहुने  

एक्सप्रेस पाना
श्रावण १, २०७८ शुक्रबार
  • 502
    SHARES
  • महान्यायधिवक्ता खातीको शपथ शितलनिवासमा नहुने  

    काठमाडौं। महान्यायधिवक्ता खम्मबहादुुर खातीको शपथ शितलनिवासमा नहुुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुुक्त गरेका खम्मबहदुुर खातीको शपथ अस्विकार गरेकी हुुन् ।    महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको छ। यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन्।

    images

    यद्यपि राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्तिथिमा महान्यायाधिवक्ताको शपथ गराउन अनिच्छा जाहेर गरेकी थिइन्। राष्ट्रपतिले आफ्नो उपस्थितिमा शपथ गराउन नमानेपछि सवा २ बजे सर्वोच्च अदालतमा नै शपथ गराउने तयारी भएको छ।

    उनले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी थिइन्।  राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र पनि पठाएको थियो। यसअघिका महान्यायधिवक्ताहरुको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले गराउने परम्परा थियो। यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधानन्यायाधीशले गराएका थिए।

    images

    यद्यपि राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शीतलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको हो।

    राष्ट्रपति भण्डारीले अनिच्छा जाहेर गरेपछि सर्वोच्च अदालतमै शुक्रबार दिउँसो २स्१५ मा महान्यायाधिवक्ता खातीको शपथ ग्रहण प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले गर्ने कार्यक्रम तय भएको छ। महान्यायाधिवक्ताले सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा काम गर्छन्।