काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
दिउँसो देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। राति गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
.jpg)


