बिहीबार , कार्तिक २० गते २०८३
images
images

कस्तो छ आजको मौंसम ?

एक्सप्रेस पाना
चैत्र १९, २०८० सोमबार
  • 216
    SHARES
  • कस्तो छ आजको मौंसम ?

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका एकरदुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

    images

     पहाडी भूभागका एकरदुई स्थानमा मात्र मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

     राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।