काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले निर्वाचनको मितिबारे जानकारी गराएका हुन् । उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।
उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए । नियमावली बमोजिम उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएका छन् ।
सत्ता गठबन्धनको भागबण्डाअनुसार दाहाल माओवादीको कोटाबाट अध्यक्ष बनेका थिए । अर्को दललाई उपाध्यक्ष दिन अर्यालले राजीनामा दिएकी हुन् । राष्ट्रियसभाको अर्को बैठक चैत २८ गते १ः१५ बजे बस्ने तय भएको छ ।
.jpg)


