बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच दूरसञ्चार सेवाहरु उपलब्ध गराउने सम्झौता

एक्सप्रेस पाना
चैत्र २२, २०८० बिहीबार
  • 222
    SHARES
  • नेपाल टेलिकम र सर्वोच्च अदालतबीच दूरसञ्चार सेवाहरु उपलब्ध गराउने सम्झौता

    काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ ।

    images

    नेपाल टेलिकम र सर्वोच्च अदालतबीच  २०८० चैत्र २१ गते सम्झौता सम्पन्न भएको हो । 

    सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह(रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

    images

    सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा Dedicated इन्टरनेट र Dedicated इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा SMS Alert Service र  Pull SMS Service (Short Code) उपलब्ध गराउनेछ । 

    हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।