असोज १२ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा अन्तर्गत आज भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।
दिल्लीले दिएको १२८ रनको सामान्य लक्ष्य कोलकाताले १८.२ ओभरमा ७ विकेट गुमाउँदै भेटायो । कोलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय २७ रन बनायो । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९/३९ रन बनाए । बलिङतर्फ कोलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान २/२ विकेट लिए ।
उक्त जितसँगै कोलकाता ११ खेलमा १० अङ्कसहित तालिकको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अङ्क बटुलेको दिल्ली भने तालिकाको दोस्रो स्थानमा छ ।
प्रतियोगिताको दोस्रो खेलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल भइरहेको छ ।


