बिहीबार , कार्तिक २० गते २०८३
images
images

निर्वाचन आयोगले तोक्यो इलाम र बझाङमा मतदान केन्द्र

एक्सप्रेस पाना
चैत्र २३, २०८० शुक्रबार
  • 239
    SHARES
  • निर्वाचन आयोगले तोक्यो इलाम र बझाङमा मतदान केन्द्र

    काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ गते तय भएको उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ ।

    images

    शुक्रबार विज्ञप्ति जारी गर्दै मतदान स्थल र केन्द्र तोकिएको जानकारी दिइएको हो । 

    इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्र तोकेको छ । 

    images

    यता प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । 

    देशभर कुल १० हजार ८९२ मतदान स्थल स्वीकृत गरिएको आयोगले जनाएको छ । 

    वैशाख १५ गते रिक्त दुई स्थानका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि भोलि (शनिबार) उम्मेदवारी दर्ता गराउने कार्यसूची छ । त्यसका लागि दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।

    nireachn esthan.PNG